बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : जग्गा धितो राखेर ऋण नपाइने व्यवस्थाबारे ध्यानाकर्षण

बिहीबार, ०२ असार २०७९, १४ : २६
बिहीबार, ०२ असार २०७९

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जग्गा धितो राखेर ऋण नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । यो व्यवस्थाले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई समस्या आइपरेकाले मालपोतले जग्गा धितो राख्ने स्थिति बनाउन सरकारसँग माग गरे ।   उनले मलको अभाव, पाठ्यपुस्तकको अभाव र औषधिको अभाव भएकाले सबैको व्यवस्था गर्न पनि माग गरे । 

अर्की सदस्य तुलसाकुमारी दाहालले नेपाल रेडक्रस सोसाइटीमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले नेपाल रेडक्रस सोसाइटीमा राज्य र कानूनको बर्खिलापमा काम भएको बताइन् । उनले नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले काम गरिरहेको अवस्थामा सरकारले नयाँ कार्यसमिति बनाएर तदर्थ समितिलाई काम गर्न नदिएको बताइन् । 
 अदालतले समेत तदर्थ समितिलाई काम गर्न आदेश दिएको भएपनि सरकारले काम गर्न नदिएर अदालतको अपमान र मान हानी भएको उनले उल्लेख गरिन् । 

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँ जिल्लालाई चितुवाले आतंकित बनाएको र विगत केही वर्षमा चितुवाले १२ जना बालबालिकाको ज्यान लिइसकेको उल्लेख गर्दै चितुवा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन् । 
राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्झौताको सम्बन्धमा नेपाली जनता भ्रमित भएकाले सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए । 

यसैगरी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अनशनरत निहारिका राजपुतको न्यायका लागि समिति गठन गरेर छानबिन गर्न माग गरिन् । यसैगरी राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्षाको कारण जनताको धनजनमा क्षति हुन शुरु भइसकेकाले सरकारले धनजनको क्षति न्यूनिकरण र बाढी पहिरोको व्यवस्थापनका लागि समयमै ध्यान दिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप