शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विशाल भट्टराईको शब्दमाथि सभामुखको ‘कैँची’, अनि सभाबाट एमाले बाहिरियो

बिहीबार, ०२ असार २०७९, १४ : २४
बिहीबार, ०२ असार २०७९

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माको आगामी आर्थिक वर्षको बजेटमाथिको सवाल जवाफ बहिष्कार गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बजेट बनाउँदा बाहिरी मानिसको प्रवेश गराई राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाए । भट्टराईले– ‘अर्थमन्त्रीले गरेको देश प्रतिको असाध्यै ठूलो गद्दारीका सम्बन्धमा यहाँ बोलिरहेका छौँ ।’ भन्ने बित्तिकै सभामुख अग्नि सापकोटाले सो शब्द संसदीय मर्यादा विपरित रहेको भन्दै संसदको रेकर्डबाट हटाइएको बताए । 

त्यसप्रति सभामुखको प्रतिवाद गर्दै भट्टराईले देशप्रति गरेको गद्दारी कुनैपनि हालतमा सैह्य नहुने बताए । उनले भने– ‘यो देशको बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरु अर्थमन्त्रालयभित्र प्रवेश गरेर ७ सय वटा करका दरहरु परिवर्तन गरेका छन् । त्यसरी करका दर प्रयोग गर्ने काम राष्ट्रघात हुन्छ कि मैले प्रयोग गरेका शब्द राष्ट्रघात हुन्छ ? यो कुरा प्रमुख प्रतिपक्षी दलले गम्भीर रुपले उठाइ सकेपछि हामीले सभामुखलाई ३ वटा विकल्प दिएका छौँ । यसअघि पनि नजिर रहेछन् । संसदीय छानविन समिति बनाऔं, त्यो समितिले छानविन गर्छ, हामी सहि हुन्छौँ कि हुँदैनौँ त्यो समितिले देखाउला, त्यो स्वीकार गछौँ भनेर हामीले भनिसकेका छौँ ।’

उनले प्रमुख प्रतिपक्षी दलले नैतिकता खोजेर राजीनामा माग गरेपनि त्यो नआएको बताए । उनले त्यस दिनको अर्थमन्त्रालयको सिसिटिभी फुटेज खोजौँ भन्दा पनि त्यो माग पनि पुरा नगरिएको बताए । उनले अर्थमन्त्रीको बेतुकको कुरा नसुन्ने भन्दै बैठक बहिष्कार गरेको बताए । अर्थमन्त्री शर्माले बोल्ने बेला एमाले सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप