शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने– बजेट बनाउँदा राष्ट्रघात भएको छैन

बिहीबार, ०२ असार २०७९, १४ : १२
बिहीबार, ०२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट बनाउँदा राष्ट्रघात नभएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात र गद्दारी नभएको बताएका हुन् ।

‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई दक्ष बनाउने व्यवस्था बजेटले गरेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘यस्तै, निजी क्षेत्रलाई सबलीकरण गर्ने व्यवस्था समेत बजेटमा समेटिएका छन् ।’ ‘बजेट बनाउने क्रममा राजश्वका दरहरू हेरफेर गर्ने विषय सामान्य कुरा हो,’ अर्थमन्त्रीले थप्दै भने, ‘कुन दर हेरफेर हुँदा के समस्या पर्यो ? केही समस्यालाई व्यवसायीसँगको छलफलपछि सम्बोधन भएको छ ।’

यस्तै, अर्थमन्त्री शर्माले कतिपय औद्योगिक कच्चा पदार्थको विषयमा समेत छलफल अघि बढिरहेको बताए । ‘अहिले राष्ट्रघात भएको छैन र गद्दारी पनि गरिएको छैन,’ शर्माले भने, ‘करको हेरफेर दरलाई लिएर राजनीतिक विषय बनाइयो । अर्थमन्त्री बसेर सबै आँफैले हेर्ने विषय पनि हैन ।’ करका दरहरू हेरफेर गर्ने विषय रातभरि चलिरहने भएकाले त्यसमा भएको सम्पूर्ण हेरफेरको जिम्मेवारी आँफैले लिने बताउँदै भने, ‘बजेटमार्फत गरिएका करका दरको हेरफेरमा राष्ट्रघात भएको छैन ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप