एमालेले एसपीपी सम्झौता रोक्न नेतृत्व गरिरहेको छ : ओली
बिहीबार, ०२ असार २०७९, १३ : ५७
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता रोक्न नेतृत्व गरेको बताएका छन् । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अहिले मौका छोपेर वाह्य सेना उपस्थिति गराउने खालका सम्झौता गर्न खोजिएको उनको भनाइ छ । ‘त्यसको सम्बन्धमा हाम्रो पार्टीले बोलिरहेको छ । हाम्रा जनसंगठन मैदानमा उत्रिराखेका छन् । हाम्रा सांसद संसदमा प्रश्न उठाइ राखेका छन् । यस्ता कुराहरूको विरोध गरिरहेका छन्,’ उनले भने ।
देशविरुद्ध कुनै पनि काम कारबाही खडा हुन नपाउन भन्ने कुराको आफूहरु सजक रहेको ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण