शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले एसपीपी सम्झौता रोक्न नेतृत्व गरिरहेको छ : ओली

बिहीबार, ०२ असार २०७९, १३ : ५७
बिहीबार, ०२ असार २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता रोक्न नेतृत्व गरेको बताएका छन् । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

अहिले मौका छोपेर वाह्य सेना उपस्थिति गराउने खालका सम्झौता गर्न खोजिएको उनको भनाइ छ । ‘त्यसको सम्बन्धमा हाम्रो पार्टीले बोलिरहेको छ । हाम्रा जनसंगठन मैदानमा उत्रिराखेका छन् । हाम्रा सांसद संसदमा प्रश्न उठाइ राखेका छन् । यस्ता कुराहरूको विरोध गरिरहेका छन्,’ उनले भने ।

देशविरुद्ध कुनै पनि काम कारबाही खडा हुन नपाउन भन्ने कुराको आफूहरु सजक रहेको ओलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप