बाढी र पहिरोका कारण २ जनाको मृत्यु
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र।३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो ।
गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अविरल वर्षाको कारण बुधबार बेलुका कालिकोट खाँडचक्र नगरपालिका–२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क विकको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा विक र उनकै श्रीमतीलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले विककी श्रीमतीलाई घाइते अवस्था उद्दार गरेको थियो । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा