शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाता सूचीमा नाम लेखाउने र तस्बिर खिचाउनेको लर्को (फोटो फिचर)

बिहीबार, ०२ असार २०७९, १२ : ३४
बिहीबार, ०२ असार २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको छ । निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले कार्यारम्भ गरेको आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावली दर्ता सुरू गरेसँगै सूचीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको छ। बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा सूचीकृत हुन आउनेको संख्या उल्लेख्य मात्रामा देखिन्थ्यो । निर्वाचन कार्यालय काठमाडौंमा नाम दर्ता गर्ने र तस्बिर खिचाउनेहरूको तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप