शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मामाले छापेको नक्कली नोट भान्जाबाट कारोबार, दुई जना पक्राउ

बिहीबार, ०२ असार २०७९, १२ : ०९
बिहीबार, ०२ असार २०७९

नेपाल प्रहरीले नक्कली नोट सहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही स्थानमा  बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो । 
    
धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा ती किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकल यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला परेपछि वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसिन, १ थान किबोर्डसमेत प्रहरीले बरामद गरेको छ । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप