बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

बिहीबार, ०२ असार २०७९, १० : ००
बिहीबार, ०२ असार २०७९

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो ।

एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरिएको उनले बताए ।

कुष्ठरोगका बिरामीलाई अन्य स्वास्थ्य संस्थाहरुले समेत रिफर गरी टेकु अस्पतालमा उपचारका लागि पठाउने गरेको उनले बताए । कुष्ठरोग उपचारका लागि अब आनन्दवन अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको  सूचना अधिकारी गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप