नबिल बैंकमा आकर्षक सुविधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा
पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको छ। बैंकले ‘नबिल इको–फ्रेड्ली बिजनेस लोन’ जारी गरेको हो ।
फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयाँ कर्जायोजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%) कममा कर्जा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । ‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङ्ग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई तथा एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध