शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विवाह अगाडि राजले दिए ब्याचलर पाटी

बिहीबार, ०२ असार २०७९, ११ : ५१
बिहीबार, ०२ असार २०७९

हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिदैछन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् । राज र सुनिशाको विवाह समारोह ७ असारमा आयोजना हुँदैछ ।  विवाह अगाडि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका छन् । उनीहरुले मंगलबार ठमेलको भिआइपी लन्चमा ब्याचलर पार्टी दिएका हुन् ।

ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो । बाल कलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफल राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्ययन समेत सकाएका छन् । केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । सुनिशा पेशाले मोडल हुन् । तस्बिर : फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप