शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले मोटरसाइकलको जरिवाना पूर्णरुपमा छुट दिने

बिहीबार, ०२ असार २०७९, ११ : ५०
बिहीबार, ०२ असार २०७९

बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुई पाङ्ग्रे सवारी साधनको अविलम्ब नवीकरण जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ । 

बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहित अनुमानित ७० अर्ब ९३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले कर नीतिमा सहजीकरण गर्दै हालसम्म प्रदेश यातायात कार्यालयमा दाखिला हुन नसकेको नवीकरण शुल्कको अविलम्ब शुल्क (जरिवाना) पूर्णरुपमा छुट दिने घोषणा गरेको हो । 

यस्तो छुट आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म दाखिला गरेमा सवारी धनीले पूर्णरुपमा जरिवाना छुट पाउने प्रदेश सरकारले बताएको छ ।

प्रदेश अर्थ तथा योजनामन्त्री शालिकराम जर्मकट्टेलले सार्वजनिक गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२८ मा सो बारे उल्ले गर्दै प्रदेश सरकारले भनेको छ, ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवम् अन्य दुई पाङ्ग्रे सवारी साधनको सवारी साधन कर संवत् २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।’

साथै, बागमती प्रदेश बाहिरका अन्य प्रदेशमा दर्ता भई बागमती प्रदेशमा प्रदेसान्तरण गर्नुपरेमा समेत त्यस्ता सवारी साधनको नाम सारीमा समेत प्रदेश सरकारले सहजीकरण गर्ने जनाएको छ ।  तर, अन्य सवारी करमा भने पूर्ववत् करका दरलाई नै यथावत् राखिएको बागमती प्रदेश सरकारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप