ठगी आरोपमा पतिको जाहेरीले पत्नी पक्राउ
सम्पति हत्याएर हिँड्न खोजेको आरोप
बिहीबार, ०२ असार २०७९, ११ : ४४
आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पतिले पत्नी विरुद्ध उजूरी दिएका छन् । पतिको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको छ ।
ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । भावनाले रौतहटको चन्द्रनिगाहापुरका फुर्वा तामाङसँग विवाह गरेकी थिइन् । विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ ।
सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाको आरोप छ । भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत