वायु प्रदूषणले दिल्लीमा १० वर्ष आयु घटायो
बिहीबार, ०२ असार २०७९, ११ : ४३

वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ ।
एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउनेछन् ।
यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १ दशमलब ८ वर्ष र धुम्रपानले १ दशमलब ५ वर्षले घटाएको छ । प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका विरामी बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?