काठमाडौं उपत्यकामा एकैदिन झण्डै दुई हजार सवारी चालकमाथि कारवाही
बिहीबार, ०२ असार २०७९, ११ : ३९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९६४ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उपत्यकाको विभिन्न स्थानमा बुधबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, लेन उल्लंघन गर्ने १३७ जना, मदिरा पिएर सवारी साधन चलाउने ११० जना, तिब्र गतीमा सवारी साधन चलाउने ६९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८८ जना चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस