निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात
सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए ।
उनको उद्दारका लागि ईलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको उनले बताए । खोजतलासको लागि जंगलभित्र जान हात्ती पनि मगाइएको उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै