पर्सा निकुञ्ज र कोशी टप्पुमा जंगल सफारी गराइने
बिहीबार, ०२ असार २०७९, १० : ५२
मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९-८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन् ।
‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा वन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध