सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत
बिहीबार, ०२ असार २०७९, ०८ : २९
![सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत](https://rpcdn.ratopati.com/media/albums/singa_wzl82XxO4U.jpg)
सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ ।
सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको हो । भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो ।
जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले सिंजा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको निष्कर्ष निकालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
-
कृषिमा फट्को मार्न ‘एग्री–विजनेश’मा जोड
-
नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय
-
एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित
-
क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढायो
-
क्यानको प्रवक्तामा छुम्बी लामा नियुक्त