शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराको बुढीगंगामा चुनावको मिति घोषणा गर्न काँग्रेसको माग

बिहीबार, ०२ असार २०७९, ०७ : ३९
बिहीबार, ०२ असार २०७९

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन : चुनाव गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।

‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के होरु संशय उत्पन्न भएको छ,’ जिल्ला सभापति रावलले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ।

नेकपा एमालेको दबाबबीच निर्वाचन अधिकृत कार्यालयले चुनावको मिति घोषणा गर्न नसकेको आरोप पनि काँग्रेसको छ। बुधबार सर्वदलीय बैठक भए पनि निर्वाचनको मिति घोषणामा सहमति हुन सकेको थिएन। एमालेका नेताहरू बीचमै बैठक छाडेर गएका काँग्रेसमा महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले बताए ।

एमालेले वैशाख ३० मै मतदान भएकोले उक्त मत गणना गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको थियो।​ बुढीगंगामा जनप्रतिनिधिविहीन हुँदा जनताले दुःख पाएकोले गम्भीर भएर पुनः निर्वाचनको मिति तय गरिनुपर्ने काँग्रेसको माग छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप