बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले आज जनप्रतिनिधिलाई प्रशिक्षण दिने

बिहीबार, ०२ असार २०७९, ०७ : ३९
बिहीबार, ०२ असार २०७९

नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं आउन यसअघि नै एमालेले आग्रह गरेको थियो । 

प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप