शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

बिहीबार, ०२ असार २०७९, ०६ : २४
बिहीबार, ०२ असार २०७९

कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले नै यो पोस्टर डिजाइन  गरेकी हुन्  ।  


कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप