सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईसीसी विश्वकप लिग टु : नेपाल अमेरिकासँग पराजित

बिहीबार, ०२ असार २०७९, ०५ : ५४
बिहीबार, ०२ असार २०७९

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । 

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ  ।

सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको थियो  । लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ ।

नेपालले १६ खेलमा १५ अंक जोडेको छ । अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप