मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको प्रतिक्रिया– लुम्बिनी प्रदेशको बजेट टुक्रे आयोजनामा केन्द्रित

बुधबार, ०१ असार २०७९, २२ : ०६
बुधबार, ०१ असार २०७९

लुम्बिनी प्रदेश  सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।   एमाले संसदीय दलका  उपनेता बैजनाथ चौधरीले  नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए । 

‘नीति  राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले रातोपाटीसँग भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा  कार्यान्वयन गर्नको लागि समस्या देखिन्छ । जस्तै लिफ्ट आयोजनाको लागि ५ लाख रुपियाँ राखेर कसरी काम हुन्छ ?’

उनले भाषामा  गौरवका आयोजना , सिचाई , खानेपानी देखि सबै देखिए पनि गौरवको आयोजनाको लागि रकम कम भएकाले लक्ष्य पुरा गर्न कठिन  रहेको बताए ।  उनले  विगतमा सरकारले बनाएका रणनीतिक  सडक आयोजनाहरूको  शीर्षक राखे पनि बजेट कम छुटाउँदै टुक्रे आयोजनाहरूलाई धेरै ल्याएको बताए । ‘धेरै टुक्रे आयोजनाहरू ल्याउनु भनेको कार्यान्वयन नगर्ने रसबैलाई खुसी पार्ने चुनावी बजेट मात्र हो’, उनको भनाइ छ । 

उनले  जनताले उपलब्धि नपाउने बजेट  सरकारले घोषणा गर्नु भनेको आश मात्र देखाउने भएको  बताए । आज लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि  ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट  घोषणा गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप