शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना घोषणा

बुधबार, ०१ असार २०७९, २१ : ५१
बुधबार, ०१ असार २०७९

नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम  प्रति कारोबार रु. २०० नगद फिर्ता दिइने जनाइएको । यो योजना आषाढ महिनाभरि लागु हुने बैंकले जनाएको छ । 

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्यमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप