सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको बजेट औचित्यहिन : एमाले

बुधबार, ०१ असार २०७९, २१ : ४८
बुधबार, ०१ असार २०७९

बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा एमालेका नेता कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारले ल्याएको बजेट औचित्यहिन भएको बताएका छन् । उनले बुधबार प्रदेशसभा बैठक मार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको प्रतिक्रिया दिँदै बजेट हावादारी भएको बताएका हुन् ।

बजेटले प्रदेशको विकास गर्ने भन्दा पनि चुनावी एजेण्डाको रुपमा आएको उनले आरोप लगाए । नेता ढुंगेलले सरकारले आगामी निर्वाचनलाई केन्द्रीत गरेर जनता झुक्काउने खालको बजेट ल्याएको बताए । उनले सरकारको बजेटले जनताको अपेक्षालाई पूरा गर्न नसक्ने दावी गरे ।

बजेटमा शिक्षा स्वास्थ्य लगायतका विषयले स्थान नपाएको भन्दै नेता ढुंगेलले बजेट औचित्यहिन भएको अभिव्यक्ति दिए । उनले भने,  ‘बजेट पुरै हावादारी छ, यसमा केहि पनि छैन, किसानलाई मल छैन, अनुदान छैन, शिक्षा स्वास्थ्यमा कुनै ठोस योजना छैन, सरकारको आयु छ महिना पनि छैन तर सुरुङ खन्ने जस्ता महत्वका योजना ल्याइएको छ त्यसैले यो योजना पुरै हावादारी छ ।’ वर्तमान सरकारले विगतका सरकार माथि प्रतिशोध राखेर योजना रोक्दा प्रदेशको विकासमा बाधा पुर्याएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप