बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रिभर फल्स पावर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

बुधबार, ०१ असार २०७९, २१ : २०
बुधबार, ०१ असार २०७९

रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ०४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा शेयर पाउने शेयर धनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर लिमिटेडको शेयर खरिदबिक्री गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप