श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु
बुधबार, ०१ असार २०७९, २० : ५७
निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ । काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।
कोभिड–१९ महामारीका बीच पनि नियमित उडान गरिरहेको श्रीले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो । उडान तालिकाअनुसार श्रीको जहाज काठमाडौँबाट दिउँसो १२ः३५ मा उड्नेछ । जनकपुरबाट १ः३० मा काठमाडौँ उडान भर्ने कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले हाल पाँच जहाजमार्फत देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना