आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषद् बैठक

बुधबार, ०१ असार २०७९, १० : ००
बुधबार, ०१ असार २०७९

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् समिति बैठक बोलाउने भएको छ । बुधबार सम्पन्न स्थायी कमिटीको १२औं बैठकले  असार १३ र १४ गते गर्ने केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि पार्टी पोलिटब्युरो बैठक असार  १० र ११ गते बस्नेछ । 

बुधबार सम्पन्न बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएर पारित भएको छ ।  छलफलमा २७ जना नेताहरुले आ–आफ्नो धारणा राखेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।  छलफलपछि अध्यक्षले बैठकमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै प्रतिवेदन पारित गर्न प्रस्ताव गरेको र सर्वसम्मतिले उक्त प्रतिवेदन पारित गरिएको उनको भनाइ छ ।  त्यसपछि बैठकले यसबीचमा पार्टी सचिवालयले गरेका विभिन्न राजनीतिक तथा सांगठनिक निर्णयहरूको अनुमोदन पनि गरेको उनको भनाइ छ ।

बैठकले ११ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप