बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

बुधबार, ०१ असार २०७९, २० : ३२
बुधबार, ०१ असार २०७९

सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव ११ वर्षिय गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो ।

साथीहरुसँग बाख्रा चराउन गएकावेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए । उनका अनुसार बच्चा डुबेको खवर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नपा ९ मा रहेको आरके मेरीसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको बताए ।

शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहको प्रहरीको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप