शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादीको बैठक : मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय अनुमोदन

बुधबार, ०१ असार २०७९, २२ : ०७
बुधबार, ०१ असार २०७९

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको अनुमोदन गरेको छ । मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन भएसँगै पार्टीले सरकारमा नयाँ मन्त्री पठाउने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । 

त्यस्तै बैठकले अध्यक्ष माधव नेपालको चुनावी समिक्षा प्रतिवेदनसहित १० भन्दा बढी प्रतिवेदनहरू पारित गरेको छ । जसमा नेता खनालले राखेको एसपीपी अनुमोदन गर्न नहुने भन्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने समेत रहेको छ । बैठकले आगामी असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्दै १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप