‘बर्जर मिस ग्ल्यामर’ फेसन शो सम्पन्न
‘मिस नेपाल २०२२’ का २४ प्रतियोगी विषेश फेसन शोमा प्रस्तुत भएका छन् । बर्जर पेन्ट्स नेपालद्वारा आयोजित ‘बर्जर मिस ग्ल्यामर’ नमक फेसन शोमा उनीहरुले विभिन्न फेसनका आकर्षक डिजइन प्रस्तुत गरेका थिए ।
होटल ¥याडिसनमा आयोजित फेसन शो नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले द हिडन ट्रेजरसँगको सहकार्यमा आयोजना गरेको थियो । शोमा मिस नेपाल प्रतियोगी सुन्दरीले डिजाइनरद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्कइलुजनका मेटालिका र नन–मेटालिका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए ।
रचना गुरुङको कोरियोग्राफी रहेको शोमा २४ प्रतियोगी ८– ८ जना गरी तीन समूहमा विभाजन भएका थिए । पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयरउत्कृष्ट डिजाइन प्रस्तुत गरिएको शोमा, दोस्रो चरणमा कासाबाट डिजाईन गरिएको फर्मल्ली फर्मल डिजाइन र तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जिइभनिङ पार्टी वेयर डिजाइनहरु प्रस्तुत गरियो ।
कार्यक्रमको शो टपरको रुपमा ‘मिस नेपाल वर्ल्ड २०१९’ की विजेता अनुष्का श्रेष्ठ सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी