अबको विद्युत उज्जवल भविष्यका लागि हो : ऊर्जा मन्त्री भुसाल
बुधबार, ०१ असार २०७९, १९ : ४२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व गरेको मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित बजेट र कार्यक्रमले आर्थिक तथा ऊर्जा विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।
मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाहरुको विकास गर्न नदी करिडोर योजना र जलविद्युत गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने उल्लेख गरिन् । मन्त्री भुसालले पहिले विद्युत बत्तीका लागि मात्र प्रयोग हुने गरेको उल्लेख गर्दै भनिन्, “अबको विद्युत उज्जवल भविष्यका लागि प्रयोग हुने गरी कार्यक्रम बनाएर कार्यान्वन गर्छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण