बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘एसपीपीको उद्देश्य स्पष्ट हुनुपर्छ’

बुधबार, ०१ असार २०७९, १९ : २३
बुधबार, ०१ असार २०७९

नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् । 

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राखेका हुन् । उनले अमेरिकी सेनाहरु नेपाल आउने र उनीहरुकै नियम, कानूनको अधिनमा चल्ने भए सो सम्झौता अगाडी बढाउन नहुने बताए ।  

नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले नेपाल कुनैपनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताए । उनले नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामाथि आँच आउने काममा आफ्नो पार्टीको समर्थन नहुने स्पष्ट पारे ।   

जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले एसपीपी सम्झौताको सम्बन्धमा प्रमुख राजनीतिक शक्तिहरुका बिचमा राष्ट्रिय सहमती कायम हुनुपर्ने बताए । उनले वस्तुनिष्ठ भएर यसको बुँदाहरूलाई केलाएर हेर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप