‘एसपीपीको उद्देश्य स्पष्ट हुनुपर्छ’
नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राखेका हुन् । उनले अमेरिकी सेनाहरु नेपाल आउने र उनीहरुकै नियम, कानूनको अधिनमा चल्ने भए सो सम्झौता अगाडी बढाउन नहुने बताए ।
नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले नेपाल कुनैपनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताए । उनले नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामाथि आँच आउने काममा आफ्नो पार्टीको समर्थन नहुने स्पष्ट पारे ।
जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले एसपीपी सम्झौताको सम्बन्धमा प्रमुख राजनीतिक शक्तिहरुका बिचमा राष्ट्रिय सहमती कायम हुनुपर्ने बताए । उनले वस्तुनिष्ठ भएर यसको बुँदाहरूलाई केलाएर हेर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण