शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१७ भदौमा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

बुधबार, ०१ असार २०७९, १९ : ०९
बुधबार, ०१ असार २०७९

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँने भएको छ । कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म अव भने १७ भदौमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ । 

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको बेलायतमा ४५ दिन छायांकन भएको हो । एबी इन्टरनेशलको ब्यानरमा निर्मित यस फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको मुख्य अभिनय छ । 

यसै फिल्मबाट अभिनेताको रुपमा सोनम तोप्देनले डेब्यू गरेका छन् । भारतीय मुलका गायक उनी तिब्बतमा बस्दै आएका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह–निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम हुन् । लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा सुदर्शन थापाको निर्देशन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप