
डेढ अर्व बढि बेरुजु देखिएको रकम तत्काल फस्र्यौट स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेरुजु देखिएको रकम तत्काल फस्र्यौट गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्ममा बेरुजु देखिएको १ अर्व ५८ करोड तत्काल फस्र्यौट गर्न सातै प्रदेशका सम्बन्धित निकायहरूलाई मन्त्रालयले निर्देशन दिएको हो ।
सात प्रदेशका स्वास्थ्य मन्त्रालय तथा सामाजिक विकास मन्त्रालयलाई १, ५८,०३,१३०० रुपैयाँ बेरुजु रहेको देखिएकाले फस्र्यौट गरी शुन्य बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, ‘बेरुजूसँग सम्बन्धित लेखा श्रेस्ता कागज प्रमाणपत्रहरू हाल प्रदेशमा हस्ताक्षरित भएकाले सो निकायहरुमा रहेका कारण यस मन्त्रालयबाट मात्रै बेरुजु फस्र्यौट गर्न सक्ने अवस्था नरहेकाले त्यहाँ र अन्तर्गतका कार्यालयहरुको सक्रिय सहयोगमा समन्वयको अवश्यकता रहेको उल्लेख गरिएको छ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ