बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकतामा

बुधबार, ०१ असार २०७९, १८ : ४७
बुधबार, ०१ असार २०७९

लुम्बिनी  प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र  गुणस्तरको शिक्षा,  स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ  । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको  राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख  गरेका छन् ।

उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन  गर्न , किसानको स्तरमा  प्राविधिक पुराउने उल्लेख गरेका छन् । प्रदेशमा बाल अस्पताल बनाउनको लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । महिला उद्योगीलाई प्रोत्साहन गर्नको लागि  बजेट व्यवस्था गरेको छ ।  गौतम बुद्ध विमानस्थल सँगै कोसेली घर नेपालगन्ज  विमानस्थल पनि स्थापना गर्ने छ । यस्तै कपिलवस्तुमा  कपिल कागज उद्योग  स्थापनाको  प्रक्रिया  अगाडि बढाइने उनले बताए । उनले रुपन्देहीको मोतीपुर  र बाँकेमा उद्योग स्थापनको अगाडि बढाइने बताए ।  

यस्तै जडिबुढी खेती विस्तारको कार्यक्रम अगाडि बढाउनको लागि ४ करोड ५४ लाख बजेट विनियोजन भएको छ  । वन तथा पर्यटन प्रवर्द्धन गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप