शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एसपीपी हामीलाई स्वीकार्य छैन : काँग्रेस महामन्त्री शर्मा

बुधबार, ०१ असार २०७९, १८ : १८
बुधबार, ०१ असार २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम  (एसपीपी) स्वीकार्य नहुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए । 

उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’ 

समुन्नतिमा सबैको साथ स्वीकार्य हुने भन्दै सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य हुने बताए । ‘हामी साझा ढंगले प्रष्ट छौं( समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव
सदैव अस्वीकार्य ,’ शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप