अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारहरूलाई कारबाही गर्न सकिएन : मन्त्री यादव
बुधबार, ०१ असार २०७९, १८ : १३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारहरूलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिएकी छन् । मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भइरहेको पनि स्पष्ट पारिन् ।
बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अदालतले कुरै नबुझि आदेश दिएका कारण कालोसूचीमा रहेका ठेकेदारहरूले उन्मुक्ति पाउने गरेको गुनासो गरिन् । मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढन नसकेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराइन् ।
जग्गाको मुआब्जाको विषय भौतिक पूर्वाधारको विकासका लागि धेरै ठूलो समस्या भएको मन्त्री यादवको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
बालेन सरकारको सय दिन, विपक्षी दलहरूले कति दिए अंक ?
-
अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
-
प्रति मिनेट गोल गर्ने क्षमतामा मेस्सी अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण