मन्त्रीलाई सांसदको प्रश्न : डाँडाघरे साइँलाको घरबाट गैराघरे काइँलाको घरसम्म पुग्ने बाटो कसरी सहायक राजमार्ग ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई सांसदहरुले बजेट बनाउँदा हेलचेक्रयाइँ गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत बिनियोजन बजेटमाथिको छलफलका क्रममा अधिकांश सांसदले आफ्नो क्षेत्रको बजेट काटिएको भन्दै आक्रोश पोखेका छन् ।
एमाले सांसद गणेश पहाडीले वैकल्पिक राजमार्ग भनेर ८ सय २ वटा राजमार्गलाई लिइएको र त्यस्ता आयोजना छनौटका आधार के हुन् ? भन्दै प्रश्न गरे । उनले भने– ‘वैकल्पिक सहायक राजमार्ग भनिएको छ, तर टोले सडकहरूलाई राखिएको छ । यो कुनै मापदण्डमा छैन । २ सयभन्दा बढी योजनाहरु कर्मचारीबाट छनोट भएको भनिएको छ, यो कस्तो बेथिति हो ? सरकार के गरेर बसेको छ ?’
उनले को कर्मचारीले ति योजना छनौट गरेका हुन र सरकार के हेरेर बसेको भन्दै प्रश्न गरे । काँग्रेस सांसद पुष्पा भुसालले अर्घाखाँची जोड्ने सडकका लागि ७ करोड छुट्याईएकोमा सो रकम कम भएको भन्दै बजेट बढाउन माग गरिन् । सांसद डिला संग्रौलाले बजेट बनाउँदा मोरङ जिल्लालाई किन नदेखेको भन्दै प्रश्न गरिन् ।
एमाले सांसद यज्ञराज सुनुवारले यो वर्ष बजेट बनाउँदा लाज पनि लजाएको र मन्त्रीको जवाफ पनि गैरजिम्मेवार रहेको बताए । उनले मन्त्रालयमा २ सय ५० योजना बनाउने शक्तिशाली कर्मचारी को हुन भन्दै प्रश्न गरे । २ वटा जिल्लालाई जोड्ने योजनाहरुलाई हटाएर डाँडाघर साइँलाको घरबाट गैराघरे काइँलाको घरसम्म पुग्ने बाटोलाई किन सहायक राजमार्ग भयो भन्दै प्रश्न गरे । ओखलढुङ्गाको सडकमा कालोपत्रे जिम्मा पाएको ठेकेदारले काम नगर्दा उसलाई किन कारवाही भएन भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण