शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागले स्तरवृद्धिका लागि माग्यो आवेदन

बुधबार, ०१ असार २०७९, १७ : ४८
बुधबार, ०१ असार २०७९

स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका कर्मचारीलाई स्तर वृद्धिका लागि आवेदन मागेको छ । स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई विभागले सूचना जारी गर्दै फारम बुझाउन अनुरोध गरेको हो ।

स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेक वर्ष असार र पुष महिनामा स्तरवृद्धि गरिने प्रावधान अनुरुप योग्यता स्वास्थ्य सेवाका छैठौं तहका कर्मचारीलाई विभाग प्रशासन शाखामा कागजातहरूको स्वयंले प्रमाणित गरि दरखास्त बुझाउन आग्रह गरिएको छ ।

दरखास्त फारम भर्दा शुरुको नियुक्ति पत्र, स्तरवृद्धि भएको सो पत्र, जेठमा संशोधन भएको भए सोको पत्रलगायतका कागजात पेश गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप