बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

बुधबार, ०१ असार २०७९, १७ : ४३
बुधबार, ०१ असार २०७९

बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।

‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।

यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत उनले घोषणा गरे । यसका साथै, प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप