मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बुधबार, ०१ असार २०७९, १७ : ४१
बुधबार, ०१ असार २०७९

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । 

बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

त्यस्तै प्रदेश स्तरीय खेल संघ, खेलाडी, रेफ्री तथा प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रोत्साहनको लागि पनि बजेट छुट्टयाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप