शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : केमा कति बजेट ?

बुधबार, ०१ असार २०७९, १७ : ३८
बुधबार, ०१ असार २०७९

मधेस प्रदेश सरकारले बिद्यापती मार्ग बनाउन २ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै मधेस प्रदेशले जनकपुर बिकास निर्माण र बीरगंज विकास निर्माणका लागि २ करोड बजेट छुट्याएको छ ।

यस्तै महिला, बालबालिका तथा खेलकुद मन्त्रालयका लागि १ करोड ९८ लाख, गुणस्तरीय खानेपानीका लागि २० करोड, शारीरिक तथा मानसिकरुपमा अशक्त भएकाको विकासका लागि ३० करोड २५ लाख बजेट विनियोजन गरेको छ । यस्तै दलित शिक्षा अभियान अन्तर्गत प्रतिविद्यार्थी २ हजारका दरले पनि बजेट छुट्याएको छ । यस्तै गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन अध्यापनका लागि ७ अर्ब ८६ करोडभन्दा बढी आय श्रोत नभएकालाई परिचयपत्रका आधारमा वितरण गर्न १ अर्ब, बेटि बचाउ बेटि पढाउ, छोरी बिमा, साइकल वितरण, लोकसेवा आयोग तयारीका लागि ७७ करोड, वीरगंजमा मधेश विश्वविद्यालय स्थापनाका लागि १० करोड, मटिहानी संस्कृत विश्वविद्यालयको विकासका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै ८ वटै जिल्लामा आयुर्वेद अस्पतालको विकास गर्न ८ करोड,  प्रत्येक जिल्लामा नमुना विद्यालय स्थापनाका लागि २६ करोड, सप्तरीको तिलाठिमा अस्पताल निर्माणका लागि ६ करोड बजेट छुट्याएको छ । स्थानीयस्तरमा एमबिबिएस डाक्टर र हरेक टोलमा क्लिनिक सञ्चालन अभियानका लागि १५ लाख र बाल अस्पताललगायतको निर्माण तथा स्थापनाका लागि २ करोड बजेट विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप