आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि ५ करोड

बुधबार, ०१ असार २०७९, १७ : ०६
बुधबार, ०१ असार २०७९

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९–०८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन् । यस्तै सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ । 

कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए । यसैगरी, बजेटमा नदी तटबन्धनका लागि १३ करोड र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप