शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

बुधबार, ०१ असार २०७९, १७ : ०५
बुधबार, ०१ असार २०७९

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट प्रायोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि बैंकले प्रायोरिटी काउन्टर थप गरेको जनाएको ।

यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाई संयुक्त रुपमा गरे ।

सो समारोहमा डिल्लीराम अधिकारीलगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप