लगाएको लुगा र रूवाबासीका आधारमा गरिब पत्ता लगाएर उपचारमा सहुलियत दिन्छौं : मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गरिब र आर्थिक समस्या भएका कारण उपचारबाट बञ्चित हुने अवस्था नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सरकारी अस्पतालमा आएका बिरामीलाई पैसा भएको वा नभएको कारणले बिरामी फिर्ता नगरेको र फिर्ता नगर्ने बताए ।
मन्त्री खतिवडाले अस्पतालमा आउने बिरामीको लवाई–खुवाई, उसलाई भेट्न आउने आफन्त, बिरामी र आफन्तको रुवाबासी आदिका आधारमा दुई तिन दिनमा बिरामी भएको मान्छे गरिब हो कि होइन भन्ने एकीन हुने र त्यस आधारमा उपचारमा सहुलियत दिने बताए । उनले पैसा बिहिनलाई सरकारी अस्पतालले उपचार सुविधा दिने दावी गरे ।
मन्त्री खतिवडाले भने–‘नेपाली नागरिक इमर्जेन्सी वा सामान्य अवस्थामा अस्पताल पुगेपछि उ जटिल अवस्थामा पुगिसकेको छ भने उसले बिना उपचार यो अस्पतालले मलाई पैसाको कारण उपचार गरेन भनेर सडकमा पुग्नुपर्ने छैन । प्राइभेट अस्पतालको हकमा भने यस्तो अवस्थाको म जिम्मा नलिन सक्छु । सरकारी अस्पतालबाट पैसा नभएकोले उपचार नपाई फर्कनुनपर्ने अवस्था हुनेमा म विश्वस्त पार्न चाहन्छु । किनभने मलाई त्यो क्षेत्रका साथीहरुले आएका बिरामीलाई पैसाको कारणले उपचार नगरी निस्काशन गर्दैनौँ भनेर बचन दिएका छन् । त्यही अनुसार स्वास्थ्य मन्त्रालयबाट निर्देशनपनि भएको छ ।’
उनले वीर अस्पतालमा ५० प्रतिशत कम रकम उठ्ने गरेको बताउँदै अहिले सो अस्पतालको क्षमता विस्तार भएको जानकारी समेत गराए । यसैबीच उनले सरकारले यसअघि ७० प्रकारका निःशुल्क औषधी वितरण गर्ने गरिएकोमा अब ९८ थरीका औषधी निःशुल्क बाढ्ने तयारी गरिएको छ । स्वास्थ्य बीमाका लागि ११ सय ३३ प्रकारका औषधी समावेश गरिएको छ । मृगौला प्रत्यारोपण गरेकाहरुलाई, स्पाइनल कड र क्यान्सरका बिरामीहरुलाई, डायलासिस नियमित गरिरहेकाहरुलाई प्रतिमहिना ५ हजार दिने भनिएको मन्त्री खतिवडाले प्रष्ट पारे ।
उनले महिला स्वंयसेविकाहरुलाई यातायात खर्च भनेर ८ हजारबाट १२ हजार पु¥याइएको जानकारी गराए । प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज खोल्ने नीति यसवर्षबाट आएको उनको भनाइ छ । यस्तै कोभिड संक्रमण बढेमा उपचारका लागि पर्याप्त पूर्वाधार रहेको, पर्याप्त मात्रामा अक्सिजन प्लान्ट स्थापना भएको उनले बताए । यसअघि झै संक्रमण बढेमा उपचार गर्न सकिने मन्त्री खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण