शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ: मेयर दाहाल

बुधबार, ०१ असार २०७९, १६ : ३१
बुधबार, ०१ असार २०७९

 भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।
मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन् ।

‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उनले भनिन्, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधै सकारात्मक छ ।’
अन्तरक्रिया कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिक सम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चलाई समावेश गराइने बताए ।
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चाँगुनारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप