जनयुद्ध र जबजलाई मागी खाने भाँडो नबनाउन घनश्यामको आग्रह
नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकले डरलाग्दो संकट भोग्नु पर्ने अवस्था प्रमुख राजनीतिक दलका नेताहरुकै कारण आएको बताएका छन् । नेकपा विभाजन र संसद विघटनबाट अस्थिरता सुरु भएको भुसालको दावी छ ।
बुधबार काठमाडौमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलन र नेपालमै संकट आउनु ‘हाम्रै कारण’ भएको बताए । उनले नेकपा विभाजन र संसद विघटन गर्नु गम्भीर गल्ती भएको भन्दै जनताले दिएको विश्वासमाथि विश्वासघात हुँदा विदेशी हस्तक्षेप बढ्दै गएको बताए । हाल अमेरिकाबाट स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीको प्रस्ताव आउनु पनि त्यसैको परिणाम भएको भुसालको भनाइ छ ।
‘तमाम कारण भन्न सकिन्छ । तर मूलत हामीले भन्नुपर्दा हाम्रो कारणले हो । जनताले त्यो विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौ’, उनको भनाइ छ । नेता भुसालले आफुले ‘कम्युनिस्ट एकता कि सत्यानाश’ भन्ने बुझेर नै एकताको बहस गरिरहेको भन्दै एमाले, माओवादी र नेकपा समाजवादीबीच विचारमा कुनै भिन्नता नभएको दावी गरे । ‘भिन्नता छ भने गालीगलौजमा मात्रै छ’, भुसालको भनाइ छ । उनले हिँड्ने प्रस्थानविन्दु, एउटै भएपनि अहंकारका कारण समस्या भएको बताए ।
‘अहंकार केवल अहंकार’, भुसालले भनाइ छ । उनले देशभरका युवाहरुलाई तीनवटै पार्टीका नेताहरुलाई ‘किन फुट्यौ रु’ भनेर प्रश्न सोध्न आग्रह पनि गरे । ‘देशभरका युवाले किन तिमीहरु किन फुट्यौ रु भनेर हामी सवैले सोध्यौ भने सम्भवत एक महिनाभित्र एकता गर्न सकिन्छ’, भुसालको भनाइ छ । उनले जनयुद्ध र जबजलाई मागी खाने भाँडो नबनाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण