शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा बजेट प्रस्तुत हुँदै

बुधबार, ०१ असार २०७९, १६ : २४
बुधबार, ०१ असार २०७९

प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुँदैछ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् ।

उनले बजेट वक्तव्यका क्रममा चालू आर्थिक वर्षमा ५.४१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरे । यस्तै चार वर्षको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने पनि उनले बताए । बजेटको समीक्षा गर्दै उनले चालू आर्थिक वर्षको विनियोजित बजेट ३४ अर्ब ५१ करोड ४३ लाख कायम भएको छ भने ३३ अर्ब ७ करोड प्राप्त हुने संशोधित अनुमान गरेका छन् । चालू आर्थिक वर्षमा ८० प्रतिशत माथि पूँजीगत खर्च हुने अनुमान उनको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप