विमला वली प्रकरणको छानबिन गर्न समिति गठन
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न एक समिति बनाइएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । प्रेम सम्बन्धको विषयमा एक महिलासँग विवाद भएको विषयमा उनलाई मंगलबार प्रहरीले दाङबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि स्वास्थ्यमा समस्या भएको भन्दै उनलाई बुटवल लगिएको छ ।
यस्तै आजै बसेको मन्त्रिपरिषद् बैठकले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेस गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट पेसका लागि स्वीकृत प्रदान गर्ने, प्रदेश सरकार विकास पहिलो संशोधन अध्यादेश २०७८ प्रतिस्थापन विधेयक, आइसोलेसन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता मन्त्री तिलक राम शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन