आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो बन्द भयो : घनश्याम भुसाल

बुधबार, ०१ असार २०७९, ०९ : ००
बुधबार, ०१ असार २०७९

नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमेको बताए । 

‘नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो समाप्त पारिदियो । अर्को वामपन्थी मोडल दिने अवसर पनि गुमायौ’, नेता भुसालको भनाइ छ । उनले नेकपा विभाजन हुनुमा नेकपा बनाउन दुई नेताले गरेको सहमतिलाई बुझ्नु पर्ने बताए । उनले तीनै दुई नेताको गोप्य सम्झौतामा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको पनि बताए । फरक प्रशंगमा भुसालले राजनीतिमा युवाहरुको वितृष्णा जाग्नुमा प्रमुख राजनीतिक दलका नेता र उनीहरुको कार्यशैली जिम्मेवार रहेको पनि बताए । ‘राजनीतिप्रतिको असन्तुष्टि र आक्रोश आउछ तर लामो समय रहँदैन’, भुसालको भनाइ छ । 

उनले आजको कम्युनिस्ट आन्दोलन संकट र अप्ठेरो अवस्थामा रहेपनि अझै सम्भावना नसकिएको बताए । उनले युवाहरूमा निराशा र छटपटी भएकै कारण सामाजिक सञ्जालमा आक्रोश पोखिरहेको देखिने गरेको बताए । 
उनले राजनीतिक नेता कार्यकर्ताबाट समाजले सिक्ने भन्दै समाजको नेतृत्व गर्ने राजनीतिक दलका नेताको बोली राजनीतिक संस्कारयुक्त हुन नसकेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप